तामाङ चलचित्र श्होङ को टिजर सार्वजनिक


                निर्देशक रोशन फ्युबा निर्देशित तामाङ चलचित्र श्होङ को टिजर सार्वजनिक भएको छ । तामाङ समुदायको ऐतिहासिक घटनाक्रम हरुमा आधारित् श्होङ को टिजर ल्हप्साङ्कर्पो म्युजिक को युट्युब च्यान्नल मार्फत सार्वजनिक गरेका छन । ल्हप्साङ्कर्पो मुजिक को ब्यानर मा प्रेम तामङ र अनमोल तामाङले निर्माण गरेको श्होङ को कथा सिङ्ग बहादुर तामाङले लेखेका हुन । श्होङ मा ख्यती प्राप्त कलाकारहरु मर्नेन वाइबा , कान्छा लामा , रुपा एस् घले , आरम्भ तामङ, एन्जिला वाइबा, सिङ्ग बहादुर , बिकल लामा , ए आर तामाङ, फुर्बा तामाङ, वाङ्जु वाईबा , कुशल थिङ , सङ्गम ज्याक्सन, गोम्बो घले , सौराम तामाङ, उशा लामा आदी कलाकारहरुले अभिनय गरेका छन ।

                           श्होङ लाई नुवाकोट को किस्पाङ गाउपालिका को साल्मे मा प्रकाश तामाङले छायान्कन गरेका छन र पेमा टाशीले द्रोन र गोप्रो क्यामरामा साथ दिएका छन । ल्हाप्साङ्कर्पो म्युजिक सेन्टरमा धमाधम पोस्ट प्रोडक्सन्को काम चलिरहेको छ भने रोशन फ्युबाले सम्पादन गरिरहेको छ । ल्होछार वारीपरी प्रदर्शनमा ल्याउने तयारी रहेको जानकारी प्रोडक्सन म्यानेजर तथा चलचित्र श्होङ को प्रस्तुतकर्ता सिङ्ग बहादुर तमाङले दिएका छन ।

No comments